नेपाली सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त

काठमाडौँ, ७ बैशाख – नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो । जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो ।

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *