तीन बुँदे निष्कर्ष बोकेर सभामुख भेट्न पुगे विपक्षी दलका प्रमुख सचेतक

by cityhalkhabar
0 views

काठमाडौं,  – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार सदन अवरोध गर्दै आएका विपक्षी दलको बैठकले तीन बुँदे निष्कर्ष निकालेको छ। विपक्षी दलले ‘पहिलो चरण’ को बैठकबाट तीन बुँदे निर्णय गरेका हुन्।

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आफ्नो अडान उनीहरूले कायम राखेका छन्। उक्त तीन बुँदे निष्कर्ष लिएर नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक सभामुख देवराज घिमिरेसँगको छलफलमा सहभागी हुन गएको रास्वपाका कार्यबाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दि । सभामुखले सदनको अवरोध खुलाउनेबारे दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकक्षमा आज (मंगलबार) विपक्षी दलका नेताको बैठक बसेको थियो । बैठकबाट तीन बुँदे ‘निष्कर्ष’ निकालिएको हो । उनीहरूले यसलाई पहिलो चरणको बैठक भनेका छन् ।

विपक्षीको निष्कर्ष
१. उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले बि स श्रम ऐन, २०६४ आएपश्चात्को समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन÷आयोग बनाउने र यसलाई सधैँको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने ।
२. आवश्यक छानबिन गर्नको लागि मार्गप्रशस्त गर्न वर्तमान गृहमन्त्री ज्यूले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ ।
३. यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्री ज्यूले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने ।