काठमाडौं, – भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ । अहमदावादबाट लण्डनका लागि उडेको विमान उडेको दुई मिनेटमै दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
भारतीय समय अनुसार, दिउँसो २ बजेर ३८ मिनेटमा अहमदावाद विमानस्थलबाट उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमा भुइँमा बजारिँदै आगोको विशाल गोलामा परिणत भएको थियो । टाटा कम्पनीको स्वामित्वमा रहेको उक्त विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए ।
UPDATE: Air India confirms that flight AI171, operating from Ahmedabad to London Gatwick on 12 June 2025, was involved in an accident.
The 12-year-old Boeing 787-8 aircraft departed from Ahmedabad at 1338 hrs, carrying 230 passengers and 12 crew.
The aircraft crashed shortly…
— Air India (@airindia) June 12, 2025
घटनास्थलको निरीक्षणपछि भारतीय गृहमन्त्री अमित शाहले विमानमा रहेका एक यात्रुबाहेक सबैको मृत्यु भएको पुष्टि गरे । ‘मैले बाँच्न सफल एकमात्र यात्रुसँग कुराकानी गरेको छु,’ शाहले पत्रकारहरूलाई भने, ‘उनी भारतीय मूलका ब्रिटिश नागरिक हुन् र हाल उनको उपचार भइरहेको छ ।’
मृतक यात्रुहरूमा १६९ भारतीय, ५३ बेलायती, एक पोर्चुगिज र एक क्यानेडियन नागरिक छन् । दुर्घटनामा विमानको सिट नम्बर ११एमा बसेका विश्वास कुमार रमेश नामका भारतीय मूलका बेलायती नागरिक मात्र बाँच्न सफल भएका हुन् । दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीले पनि ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।
विमानको स्वामित्व लिएको टाटा कम्पनीले तत्कालै दुर्घटनामा मृत्यु भएका प्रत्येक यात्रुका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । साथै, जीवित एकमात्र यात्रुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र विमान ठोक्किएर क्षतिग्रस्त भएको घर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको छ ।