पत्रकार/युट्युबर दिलभुषण पाठकविरुद्ध मुद्दा दायर

by cityhalkhabar
2 views

काठमाडौं, – पत्रकार/युट्युबर दिलभुषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

युट्युब च्यानलमार्फत हिल्टन होटलमा लगानी भएको भन्दै चरित्रहत्या गरिएको आरोपसहित जयवीर देउवाले दिएको जाहेरीका आधारमा मुद्दा अगाडि बढाइएको हो ।

यसअघि साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पाठक पक्राउबाट जोगिएका थिए ।

यद्यपि प्रहरीले पाठकलाई पक्राउ नगरे पनि उनलाई फरार प्रतिवादीका रूपमा प्रस्तुत गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा रायसुझाव पठाएको थियो । सोही रायको आधारमा सोमबार औपचारिक रूपमा मुद्दा दर्ता गरिएको हो ।

पाठकले सञ्चालित युट्युब च्यानलमार्फत प्रसारित सामग्रीले आफ्नो चरित्रहत्या भएको भन्दै देउवाले जाहेरी दिएका थिए । सो प्रकरणले सामाजिक सञ्जाल तथा मिडियामा व्यापक चर्चा पाएको थियो ।