काठमाडौं, २९ असार – नेपाली भाषाका उन्नायक, नेपाली काव्यका आदिपुरूष तथा नेपाली भाषामा कविता लेख्ने सबैका प्रेरणापुञ्ज आदिकवि भानुभक्त आचार्य २१२ ओैं भानुजयन्तीको अवसरमा लुम्बिनी मेडिकल कलेज पाल्पामा पाल्पाली कवि, डाक्टर, नर्स र विधार्थीले कविता वाचन गरी कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमको अध्यक्षता डा. हिमाल घिमिरेले गर्नुभएको थियो, प्रमुख अतिथि तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठ, विशिष्ट अतिथि वडा अध्यक्ष प्रदीप खनाल, लुमेकका कम्पनी सचिव कृष्ण पराजुली, पासास संरक्षक राजेन्द्र गोपाल सिंह हुनुहुन्थ्यो । भानुभक्तको व्यक्तित्वको चर्चा पुष्कर अथक रेग्मीले गर्नुभएको थियो । कार्यक्रमको संयोजन शिखा पहारी र कार्यक्रम संचालन दीक्षा राना र उमङ्ग केशर खनालले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ३५ जना सहभागीहरुले कविता वाचन गर्नुभएको थियो । कार्यक्रम आयोजक लुम्बिनी मेडिकल कलेज पूर्व विधार्थी समाज तथा कार्यक्रमको सौजन्य प्रा. डा. विष्णुराज आत्रेय (लाटोसाथी) स्मृति प्रतिष्ठान, रोटरी क्लव अफ पाल्पा लुम्बिनी, लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल पाल्पाले गरेको थियो ।
उक्त कार्यक्रमको सहजीकरणको भूमिका डा. अभिषेक शाह, नसिङ्ग प्रशिक्षक सुमङ्ग पराजुली तथा पाल्पा साहित्य समाज गर्नुभएको थियो ।