अब सवारी लाइसेन्सको अवधि १० वर्ष

by cityhalkhabar
2 views

काठमाडौं, १८ साउन – अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न तयार पारेको विधेयक राजपत्रमा प्रकाशित गरेसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गरिएको हो ।

यस संशोधनले ऐनको दफा ५४ को उपदफा (३) अनुसार सवारी चालक अनुमतिपत्रको बहाल अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ । यसअघि लाइसेन्स नवीकरण गर्दा पुनः ५ वर्षका लागि मान्य हुन्थ्यो । तर अब नवीकरणपश्चातको अवधि पनि १० वर्ष हुनेछ ।

त्यस्तै, नयाँ संशोधनले सवारी जाँचपास तथा प्रदूषण परीक्षणका काममा निजी क्षेत्रलाई पनि अनुमति दिने प्रावधान समेटिएको छ । यो व्यवस्था लागू भएपछि लाइसेन्स सम्बन्धी सेवामा नागरिकले थप सहजता अनुभव गर्ने अपेक्षा गरिएको छ ।