पोर्चुगलमा सीएनआईका प्रतिनिधि टन्डन र राजदूत पौडेलबीच भेटवार्ता

by cityhalkhabar
16 views

लिस्बन – सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती ((CNI) )का सभापति, तथा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलसँग भेटवार्ता गरेका छन्।

टन्डनले बिदेशी प्रतक्ष्य लगानी भित्र्याउन आवश्यक रणनिती छलफल साथै उत्पादनशील छेत्रहरु र प्रविधी स्थानन्तरणहरुमा रेमिटान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरुको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र अध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल गरेका छन्।

उक्त छलफल कार्यक्रममा पोर्चुगलमा रहेका नेपालीहरुका समस्या समाधान का लागि आफु लागि परेको र नेपाली आप्रवासीहरुको कल्याण र अधिकार सुनिश्चित गर्ने कार्य भैरहेको साथै पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजना बनिरहेको जानकारी राजदूत पौडेलले गरएका छन् ।

छलफलका क्रममा दुई पक्षबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, पर्यटन तथा सांस्कृतिक आदानप्रदानलगायत विषयमा गम्भीर कुराकानी भएको थियो। पोर्चुगलमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षणमा पनि दुवै पक्षबीच विचार विमर्श भएको थियो। पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।