विपद्मा टेलिकमको साथ: ३ दिन निःशुल्क डेटा र भ्वाइस सेवा

by cityhalkhabar
2 views

काठमाडौं, २५ भाद्र – नेपाल टेलिकमले विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि तीन दिनसम्म निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ। हिजो रातिदेखि नै यो सेवा सक्रिय भइसकेको टेलिकमले जनाएको छ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, यो निःशुल्क सेवा स्वदेश तथा विदेशमा रहेका आफन्तजनहरूसँगको सम्पर्कलाई सहज बनाउने उद्देश्यले प्रदान गरिएको हो। प्राकृतिक विपद् वा अन्य कुनै आपत्कालीन अवस्थामा सञ्चार विच्छेद हुन नदिन र नागरिकलाई सुसूचित तथा सुरक्षित राख्न यो पहल गरिएको प्रवक्ता मानन्धरले जानकारी दिए।
सेवा कसरी लिने ?
ग्राहकहरूले यो सुविधा लिनका लागि केही सरल प्रक्रिया अपनाउनुपर्नेछ:
निःशुल्क डेटाका लागि: आफ्नो मोबाइलबाट 14158*3# डायल गर्नुहोस्।
निःशुल्क भ्वाइस कल सेवाका लागि: आफ्नो मोबाइलबाट 14158*7# डायल गर्नुहोस्।
प्रवक्ता मानन्धरले यो महत्त्वपूर्ण जानकारी नेपाल टेलिकमका सबै ग्राहकहरूको मोबाइलमा एसएमएसमार्फत पठाइसकिएको पनि बताए । यसरी टेलिकमले आफ्ना ग्राहकहरूलाई सङ्कटको यस घडीमा जोड्ने र सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।