0
काठमाडौँ, ३१ भदौ – जेनजी प्रदर्शनमा आगजनी र लुटमा संलग्न ३८ जनाको मृत्यु पुष्टि भएको छ । भदौ २४ मा भएको आगजनी र लुटपाटको क्रममा ३८ जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको हो ।
तीमध्ये भाटभटेनी सुपर स्टोरको विभिन्न शाखा र उच्च पदस्थहरूको घरमा आगजनी गर्ने क्रममा जलेर १५ जनाले ज्यान गुमाएका छन् ।
यता, जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । नयाँ बानेश्वर, कालिमाटी र सुनसरी लगायतका ठाउँमा प्रहरीको गोली लागेर २१ जनाको मृत्यु भएको हो । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । त्यस्तै १० जना कैदीबन्दी रहेका छन् ।
भदौ २४ पछि मृत्यु हुनेहरू
सम्बन्धित खबर