जेन जी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

by cityhalkhabar
9 views

काठमाडौँ, ३१ भदौ – जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । जेन-जी सहिदहरूका नेपाल सरकारका मन्त्रीहरूले राष्ट्रिय झन्डा ओढाएका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले पशुपति आर्यघाटमा सहिदहरूलाई राष्ट्रिय झन्डा ओढाएका हुन् ।

मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ ।

सरकारले जेन जेड आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । सोही अनुसार, आज उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।