“एम्बुलेन्समै आक्रमण: नेता ठानेर ग्रीनसिटी अस्पतालका सञ्चालक लोकबहादुर टन्डनमाथी कुटपिट”

by cityhalkhabar
47 views

काठमाडौं – जेन–जि आन्दोलनका घाइतेलाई अस्पताल पुर्‍याउँदै गरेका सामाजिक अभीयन्ता तथा ग्रीनसिटी अस्पतालका सञ्चालक लोकबहादुर टन्डन र चालक गोबिन्द बिडारी चक्रपथमा एम्बुलेन्समै निर्घात कुटपिटमा परेका छन्। उनलाई नेकपा एमाले नेता विष्णु पौडेल ठानेर आक्रमण गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

देशव्यापी रूपमा फैलिएको जेन–जि आन्दोलनले अनेकौं कथा र पीडा जन्माइरहेको छ। आन्दोलनकै बीचमा मेडिकल व्यवसायी  ग्रीनसिटी अस्पतालका सञ्चालक लोकबहादुर टन्डनमाथी कुटपिटमा उनले भोगेको अनुभव अहिले चर्चामा छ।

रक्तदानबाट सुरु भएको दिन

मिति २०८२ भदौ २४ गते बिहान, ग्रीनसिटी अस्पतालमा रक्तदान कार्यक्रम चलिरहेको थियो। ब्रमाकुमारी राजयोग प्रशिक्षिका श्रीजना अधिकारीलगायतको सक्रियतामा २१८ पिन्ट रगत संकलन भयो। रगतको अभावमा अलमलिएका घाइतेहरूको जीवन बचाउन यो ठूलो सहयोग ठहरिएको छ।

सामाखुसीको गोली र एम्बुलेन्स यात्रा

त्यसैदिन दिउँसो सामाखुसी क्षेत्रमा गोली चल्दा धेरै आन्दोलनकारी घाइते भए। एक व्यक्तिको हातमा गोली लागेपछि तत्काल CTVS गर्नुपर्ने अवस्था आयो। Dr. Ranjan Sapkota को सल्लाहअनुसार बिरामीलाई मनमोहन कार्डियोलोजी पुर्याइएको थियो। तर बिरामीलाई छोडेर फर्किने क्रममा अप्रत्याशित घटना घट्यो।

नेता ठानेर कुटपिट

चक्रपथमा एम्बुलेन्स र गाडी रोकियो। चालक गोबिन्द बिडारीसहित लोकबहादुरमाथि निर्घात कुटपिट भयो। प्रत्यक्षदर्शीका अनुसार, उनलाई नेकपा एमालेका नेता विष्णु पौडेल ठानेर आन्दोलनकारीहरूले प्रहार गरेका थिए। बारम्बार आफू नेता नभएको बताउँदा पनि प्रहार रोकिएन।

लोकबहादुरको भनाइअनुसार, “१५ मिनेटमै जीवन हल्लाउने अनुभव भयो। चालक र ममाथि लगातार आक्रमण भयो। तर केही दाजुभाइहरूले आफ्नै शरीरले प्रहार सहेर मलाई जोगाउनुभयो।”

जीवन र मृत्युबीचको क्षण

गाडी क्षतिग्रस्त पारिएको, चालक घाइते भएको र व्यवसायी लोकबहादुर समेत दीर्घ कुटपिटमा परे पनि, अन्ततः उनी सुरक्षित फर्किन सके। अहिले उनी आफूलाई बचाउन साहस देखाउने सबैलाई धन्यवाद दिँदै, नचिनेर प्रहार गर्नेहरूलाई समेत शुभकामना दिइरहेका छन्।

आन्दोलनको बीचमा प्रश्न

मानवीय सेवामा संलग्न एम्बुलेन्स, घाइते र स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु आन्दोलनकै उद्देश्यसँग मेल खाने वा नखाने विषयमा बहस चर्किएको छ।
सामाजिक सञ्जालमा लोकबहादुरको भोगाइ भाइरल बनेको छ भने, धेरैले यस्तो घटना दोहोरिन नदिने आग्रह गरेका छन्।