2
काठमाडौं, १२ कात्तिक – सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
हेलिकोप्टरमा पाइलट विवेक खड्कामात्र रहेका थिए । उनी सकुशल रहेको बताइएको छ । बिहान सवा ८ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर बिहान ७ः४३ बजे लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो ।
उनका अनुसार हेलिकोप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् । काठमाडौंबाट उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना भएको हो ।
सम्बन्धित खबर
