सुनको मूल्य तोलामा २ लाख ४८ हजार ८ सय रुपैयाँ

by cityhalkhabar
3 views

काठमाडौं. – बुधवार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले वताएकाे छ ।