केपी शर्मा ओलीको पक्षमा सर्वसम्मती गर्न ७ पदाधिकारीको पहल

by cityhalkhabar
1 views

काठमाडौं, १२ मंसिर – नेकपा एमालेका ७ जना पदाधिकारीहरू अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।उनीहरूको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेका हुन् ।

जसमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल रहेका छन् ।

मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेका छन् । एक पदाधिकारीका अनुसार, नेतृत्व निर्माणका लागि सर्वसम्मतीको पहल गर्ने निष्कर्ष पनि उनीहरूले निकालेका छन् ।