रोहित पौडेलले एनपीएलमा जिते कार र मोटरसाइकल, कसलाई के के ?

by cityhalkhabar
2 views

काठमाडौं, २८ मंसिर – नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । लुम्बिनीलाई उपाधि दिलाउन अलराउन्ड प्रदर्शन गरेका कप्तान रोहित पौडेलले कार जितेका छन् ।

उनले २७६ रन बनाउनुका साथै १० विकेट लिए । उनी बेष्ट ब्याटर हुँदै मोटरसाइकलसमेत जितेका छन् । लुम्बिनीले पहिलो खेलमा जितपछि लगातार तीन खेल हारेको थियो ।

त्यसपछि लगातार ६ खेल जित्दै उपाधि नै जित्यो । फाइनल अफ द मोमेन्ट  लुम्बिनीका दिनेश अधिकारीले जिते । उनले एक लाख पाए । उनले फाइनलमा १३ बलमा ४२ रन बनाए ।

१७ विकेटसहित राम्रो रनरेटका कारण विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर हुँदै पल्सर बाइक जिते । सर्वाधिक रनसहित प्लाटिनम क्याप ३२५ रन बनाएका एडम रिसङटन भए ।

लुम्बिनीका इमर्जिङ खेलाडी हुँदै  शेर मल्लले पल्सर बाइक जिते ।  इनर्जेटिक खेलाडी सुदूरपश्चिमका अविनाश बोहरा भए । १७ विकेट लिएका उनले २ लाख जिते । पाँच लाख रुपैयाँको प्लेयर अफ द टुर्नामेन्ट १५ विकेट लिएका लुम्बिनीका नामिबियन खलाडी रुबेन ट्रम्पेलेम्यानले जिते ।