महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व बदल्छ, महाधिवेशनले गरेको निर्णय स्विकार गर्दछु -गगन थापा

by cityhalkhabar
0 views

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आजको यस विशेष महाधिवेशनको उदघाटन गर्न पाटी सभापती शेर बहादुर देउवाबाट गरेको हेर्न चाहेको बताउनु भयो।

भोली सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित नेता उपस्थित हुने विश्वास पनि व्यक्त गरे । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले भने, ‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने-नआउने उहाँहरूको मर्जी, निर्णय गर्ने तपाईंहरूको मर्जी । तपाईंहरूले नै निर्णय गर्ने हो ।’

उनले नेपाल कांग्रेसलाई सहि ठाँउमा ल्याउनकालागी युद्ध हार्नका लागि तयार रहेको बताउनुभयो। कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ, तयार छौँ । कहिले काहीँ ज्वालाको ज्वालामा डढ्न पनि तयार हुनुपर्छ । महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व बदल्छ, महाधिवेशनले गरेको निर्णय स्विकार गर्न तयार रहेको बताउनुभयो ।