काठमाडौं – हामी मानिसहरु पृथ्वीमा विशेष कारण र योजना लिएर जन्मिएका हौं । हाम्रो जीवनको विशेष अर्थ छ । यस जीवनको अर्थ बुझ्न सक्यौं भने हामी कोही पनि निराश हुनुपर्दैन । हामीले यसै जीवनमा धेरै कामहरु गर्नुपर्नेछ । हामीसँग समय सीमित छ । समय सबैको लागि बराबर उपलब्ध छ, दैनिक २४ घण्टा ।
यही समयसीमामा रहेर हामीले प्रशस्तै कामहरू गर्नुपर्नेछ । हामीले समाजको लागि काम गर्नुपर्नेछ । राष्ट्रका लागि काम गर्नुपर्नेछ । विश्वका लागि काम गर्नुपर्नेछ । ब्रह्माण्डको लागि काम गर्नुपर्नेछ । ईश्वरको लागि काम गर्नुपर्नेछ । उदाहरणीय काम । जसले हाम्रो नाम ईतिहासमा सुरक्षित बन्न सकोस् । हजारौं लाखौँ मानिसको जीवनमा प्रेरणा थप्न सकोस् । हामीलाई ईश्वरको आशिर्वाद मिलेको छ । जुन काम ईश्वरका लागि सम्भव छ त्यो काम हाम्रो लागि पनि सम्भव हुन सक्छ । किनकि हामी सबै अनन्त ईश्वरका अंश हौं । ईश्वरले हामीलाई आफ्ना योजनाहरु पूरा गर्न र मानव जातीलाई न्याय गर्नको निम्ति विशेष क्षमता दिएर यस धर्तीमा पठाएका हुन् ।
ईश्वरले हामीलाई सबै थोक दिएका छन् । सोच्न सक्ने शक्ति, कल्पना क्षमता, योजना र रणनीति निर्माण गर्ने क्षमता, रचनात्मक क्षमता लगायत । हामी जन्मँदा स्वस्थ जन्मियौँ । शारीरिक र बौद्धिक रुपमा हामी पूर्ण थियौँ र छौँ । हामीले व्यवस्थित तवरले सोचेको काम वा योजना पूरा गर्न सक्ने शक्ति हामीले प्राप्त गरेका छौँ । हामी जे चाहन्छौं त्यो व्यक्ति, वस्तु, परिस्थिति र घटनालाई सजिलै आकर्षित गर्न सक्छौं । किनकि हामी कुनै विशेष ब्रह्माण्डीय नियमबाट चलेका छौँ । हामीले ब्रह्माण्डीय प्राकृतिक नियमलाई पालना गरेर नै आफूले चाहेको उपलब्धि अवश्य प्राप्त गर्न सक्छौं । हामी हरेक व्यक्तिमा पृथक-पृथक क्षमता छ । हामी हरेक व्यक्तिसँग कुनै न कुनै क्षमता अर्थात प्रतिभा अवश्य छ । हामी आफ्नो पृथक क्षमताको पहिचान गर्न सकेको खण्डमा आफूलाई अहिले भन्दा निकै माथिल्लो उचाईमा पुर्याउन सक्छौँ ।
हामीलाई इश्वरले नै विशेष क्षमता दिएर यस धर्तीमा पठाएका हुन् । साथै ईश्वर हामी मानवकै माध्यमबाट संसारको लागि ज्ञान बाँड्न चाहन्छन् । ईश्वरले त हामीलाई यस धर्तीमा पूर्ण बनाएर नै पठाएका हुन् । बरु हामी आफ्नो क्षमता पहिचान गर्न नसक्दा र सही बाटोमा हिँड्न नसक्दा यात्रामा अल्मलिइरह्यौँ । हाम्रो यस धर्तीमा जन्मिएका केही व्यक्तिहरूले मात्र यस धर्तीमा आफ्नो क्षमता पहिचान गर्न सकेका छन् । कुनै पनि मानवले आफ्नो क्षमताको पूर्ण उपयोग गर्न सकेका छैनन् ।
हामी मानव जातीले जुन क्षमता प्राप्त गरेका छौँ । त्यो क्षमता सम्बन्धमा हामीलाई कहिल्यै विश्वास नै भएन । हामी आफूलाई आफ्नो पूर्ण क्षमताको लागि कहिल्यै योग्य नै ठानेनौँ । हामी हरेक कुराको लागि अन्य व्यक्तिमा निर्भर रहँदै आयौँ । हामीले आफ्नो मष्तिष्कको ध्यान समाधान खोज्नमा लगाउन सकेनौँ । केवल गुनासाहरू मात्र खोजी रह्यौँ । किनकि हामी त्यस्तै किसिमको परिवार, समाज र वातावरणमा हुर्कियौँ । त्यस्तै शिक्षादिक्षा प्राप्त गर्यौँ । हाम्रो समाजमा जोखिम वहन गरेर ठूला उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिहरुको सङ्ख्या थोरै छ । जो जोखिम वहन गर्न तयार हुन्छौँ ती व्यक्ति पनि अवसर, चुनौती र सम्भावनालाई राम्रोसँग अध्ययन गर्न तयार नै हुँदैनौँ ।
हामी कुनै विशेष ब्रह्माण्डीय नियमबाट चलेका छौँ । हामीले ब्रह्माण्डीय प्राकृतिक नियमलाई पालना गरेर नै आफूले चाहेको उपलब्धि अवश्य प्राप्त गर्न सक्छौं । हामी हरेक व्यक्तिमा पृथक-पृथक क्षमता छ । हामी हरेक व्यक्तिसँग कुनै न कुनै क्षमता अर्थात प्रतिभा अवश्य छ । हामी आफ्नो पृथक क्षमताको पहिचान गर्न सकेको खण्डमा आफूलाई अहिले भन्दा निकै माथिल्लो उचाईमा पुर्याउन सक्छौँ ।
यसो हुनुमा केही हद सम्म हाम्रो शिक्षा प्रणाली पनि दोषी छ । किनकि शिक्षाले हामीलाई जोखिम वहन गर्न सिकाएन । समस्यामा डुब्न र त्यहीँ भित्र समाधान खाजेर बाहिर निस्किन सिकाएन । बिशेष रणनीति अनुसार अघी बढ्न सिकाएन । हामीले ग्रहण गरेको शिक्षाले हामीलाई ठूलो सोच्नका निम्ति कहिल्यै प्रेरित गरेन । हामीलाई औपचारिक शिक्षाले तथ्याङ्कहरू प्रशस्तै सङ्कलन र कण्ठस्थ गर्न त सिकायो । ती सङ्कलित सूचना-जानकारी-तथ्याङ्कहरूलाई हाम्रो आवश्यकता परिपुर्तिका निम्ति कसरी प्रयोगमा ल्याउने भन्ने कुरा सिकाएन । केवल जानकारीहरू बटुल्नुलाई नै हामीले शिक्षा ठान्यौँ । किनकि हामीले व्यवहार परिवर्तनका तौरतरिकाहरू सिक्न सकेनौँ ।
आफ्नो क्षमताको वास्तविक ज्ञान पाउन नसकेको कारण हामी आफूलाई वरपरको वातावरण र भीडको अंशको रुपमा स्वीकार्नुपरेको हो । वास्तवमा हामी स्वयं कस्तुरी मृग थियौँ । त्यो पत्तो पाउन नसक्दा आफ्नै नाभिमा रहेको सुगन्ध खोजी गर्न सिङ्गो जङ्गलभरी भौँतारिइरह्यौँ । तैपनि आफ्नो त्यो सुगन्धको श्रोत नै पत्ता लगाउन नसकी निराश बन्दै घरमा फर्कियौँ ।
हामीलाई शिक्षाले सोचाईको दायरा फराकिलो बनाउने, टाढाटाढा सम्मको कुरा देख्न सक्ने, नयाँ नयाँ प्रविधि र परियोजना बारे सोच्ने सीप विकासमा सहयोग गर्नुपर्थ्यो । जुन हाम्रो समाजको लागि आवश्यक थियो । सूचनाको संष्लेषण, विष्लेषण र रचनात्मक परिकल्पनाको माध्यमबाट हामी आफ्नो अवस्थालाई स्वयम् माथि उठाउन सक्ने थियौँ ।
अहिलेको इन्टरनेटको पहुँच सर्वत्र विस्तार भइरहेको समयमा साधारण सूचना र जानकारी हासिल गर्दैमा आफूलाई विज्ञ र सफल मान्न सकिने स्थिति छैन । हामी आफूलाई कति श्रृजनशिल र रचनात्मक बनाउन सक्छौँ भन्नेमा हाम्रो सफलता निर्भर गर्दछ ।
साथै हामीले प्राप्त गरेका अनगिन्ती सूचना र जानकारीहरु मध्येबाट कुन हाम्रो लागि आवश्यक छ र कुन छैन भन्ने कुरा पत्ता लगाएर ती सूचनाहरूलाई हाम्रो आवश्यकता अनुसार पस्कने क्षमता विकास गर्नु जरुरी छ । अबको हाम्रो शिक्षाले हामीलाई के सही र के गलत भन्ने सिकाएर मात्रै पुग्दैन । हाम्रो बुझाई र दृष्टिकोणलाई भित्रैबाट परिवर्तन गराउनको लागि व्यावहारिक ज्ञान समेत प्रदान गर्नुपर्दछ । जसबाट हामीले आफ्नो अवचेतनमा विकास भएका धारणाहरुलाई सजिलै बदल्न सकौँ । ता कि हामीले लक्षित उपलब्धि हासिल गर्न सकौँ । साथै समाज र राष्ट्रको लागि केही योगदान अवश्य पुर्याउन सकौँ ।
अहिले सम्म हामीले आफ्ना विचार र दृष्टिकोण परिवर्तन सम्बन्धी शिक्षा पाउन नसकेकै कारण हामी साधारण अवस्थामा नै रहिरहन परेको हो । आफ्नो क्षमताको वास्तविक ज्ञान पाउन नसकेको कारण हामी आफूलाई वरपरको वातावरण र भीडको अंशको रुपमा स्वीकार्नुपरेको हो । वास्तवमा हामी स्वयं कस्तुरी मृग थियौँ । त्यो पत्तो पाउन नसक्दा आफ्नै नाभिमा रहेको सुगन्ध खोजी गर्न सिङ्गो जङ्गलभरी भौँतारिइरह्यौँ । तैपनि आफ्नो त्यो सुगन्धको श्रोत नै पत्ता लगाउन नसकी निराश बन्दै घरमा फर्कियौँ ।
हाम्रो अधिकांश बिहानीको शुरुवात आशा र ऊर्जा सहित नै हुने गर्छ । हामी आफूलाई अत्यन्तै आशावादी पात्रको प्राप्त गर्दछौँ, हरेक बिहान । खोई कता-कताबाट निराशाले घेर्छ थाहै हुँदैन । जुन काम हामीले आज गर्छु भन्ने वाचा आफूले आफैँप्रति गरेर अघिल्लो दिनको विश्राम लिएका हुन्छौँ, त्यो काम भोलिको लागि सारिदिन्छौँ । आज पनि उही वाचा दोहोर्याउँछौ जुन हिजो गरेका थियौँ । यसरी हामी आफैंले आफ्ना वाचाहरूसँगै उपलब्धिहरूलाई पनि सँगसँगै पछाडि धकेलिरहेका हुन्छौँ ।
शायद ‘मेरो आफ्नो जीवनको डिजाइनर म आफैँ हुँ’ भन्ने कुरा बुझ्न नसक्दा हामी आफूलाई सीमित बनाउनमै सन्तुष्ट भइरहेका छौँ कि । हाम्रा अग्रजहरूले पनि हामीले जस्तै आजको काम भोलिलाई राखिदिएको भए के हामी अहिले यो उन्नत अवस्थामा विकास हुन सम्भव हुन्थ्यो होला ? विगतका दशकहरूमा हामी यति धेरै परनिर्भर थिएनौँ ।