नेपाल आइडल विजेता करण परियारको पहिलो गीत ‘सुस्तरी’ सार्वजनिक (भिडीयो)

by cityhalkhabar
13 views

काठमाडौं, १९ असार – नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ।  मंगलबार प्रदिप चापागाँईको युट्युबमा यसको म्यूजिक भिडीयो सार्वजनिक भएको हो ।

करणको एकल स्वरमा सार्वजनिक सुस्तरीु बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाले अभिनय गरेका छन। करणले रेकर्डिङका हिसावले गायक एवं संगीतकार न्य्हू बज्राचार्यको संगीतमा पहिलो गीत गाएको भएता पनि ‘सुस्तरी’ गीत पहिले सार्वजनिक भएको हो।

यो प्रेमगीतको भिडिओलाई निकेश खड्काले निर्देशन गरेका हुन्। प्रदीप चापागाईँको प्रस्तुति रहेको यो गीतमा उनकै शब्द रहेको छ। गायक संगितकार सिडी विजय अधिकारीको संगीत रचना मा तयार गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन्। भिडिओलाई बुद्द थापाले छायांकन गरेकाहुन भने विकास धमलाले सम्पादन गरेका छन्।

भिडिओ प्रदीप चापागाईँको युट्युबमा हेर्न सकिन्छ।