बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

by cityhalkhabar
2 views

बागलुङ, २८ भदौ – बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । बागलुङ दुर्घटनामा मृत्यु हुने महिलाको शव प्रहरीले पुष्टि गरेको हो । दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । कर्मचारीहरुको पहिचान हुन बाँकी रहेको बागलुङ प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।