राप्रपाले काठमाडौं महानगरपालिकालाई तिर्यो एक लाख जरिवाना

by cityhalkhabar
18 views

काठमाडौं, २६ फागुनराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ। हिजो पोखरा भ्रमणबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतका क्रममा उपस्थित जना समुदायले फोहोर गरेको र आसपासका रुखहरूमा क्षति पुर्याएको भन्दै महानगरले एक लाख जरिवानाको पत्र काटेको थियो।

सोही पत्र अनुसार आज राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितको टोलीले एक लाख महानगरको खातामा दाखिला गरेको शाहीले सामाजिक संजाल मार्फत जनाएका छन्।

उनले लेखेका ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ-बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं, भन्दै जानकारी दिएका हुन्।