राष्ट्रिय विज्ञापन संघ नेपालको वार्षिक साधारण सभा एवं प्रथम अधिवेशन आगामी चैत्र १५ गते

by cityhalkhabar
16 views

काठमाडौं, १२ चैत्र राष्ट्रिय विज्ञापन संघ (नान) को दोस्रो वार्षिक साधारण सभा एवं प्रथम अधिवेशन आगामी चैत्र १५ गते शुक्रबार काठमाडौंमा हुने संघले जनाएको छ। दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेको संघका अध्यक्ष धर्मेन्द्र काजी श्रेष्ठले जानकारी दिएका हुन् ।

संघको प्रथम साधारण सभा तथा अधिवेशनले आउँदो दुई बर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गर्ने छ । त्यसका लागि संघले १० गते आईतबारदेखि निर्वाचन प्रकृयाको सूचना प्रकाशित गरेको छ ।

अध्यक्ष एक, प्रथम र द्वितिय गरी १/१ उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्षमा १/१ तथा सदस्यहरु ७ जना गरी जम्मा १४ जना सदस्यीय कार्यकमिति चयन हुनेछ । देश भरिबाट झण्डै एक सय प्रतिनिधी सहभागि हुने अधिवेशन सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरी व्यवस्थापन गरिएको संघले जनाएको छ।