नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा (सूचीसहित)

by cityhalkhabar
2 views

काठमाडौं, १ वैशाख – नयाँ वर्ष २०८२ सालमा नेपालीहरूका लागि ८८ दिन सरकारी बिदा पर्न लागेको छ । नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित जानकारीअनुसार, यस वर्षमा ५२ वटा शनिबार नियमित बिदाको रूपमा रहनेछ ।

साथै, विभिन्न चाडपर्व र विशेष दिवसहरू मिलाएर थप ३६ दिन बिदा तय गरिएको छ । दशैँ र तिहारजस्ता ठूला चाडपर्वहरूलाई मात्र हेर्दा पनि जम्मा २८ दिन बिदा पर्ने देखिन्छ। यस्तै, गणतन्त्र दिवसलगायतका विभिन्न राष्ट्रिय दिवसहरूलाई समेट्दा ६ दिन बिदा छुट्याइएको छ । त्यति मात्र होइन, स्थानीय तहहरूले आफ्ना परम्परा र संस्कृतिअनुसार थप बिदा घोषणा गर्न सक्ने अधिकार समेत पाउने भएकाले बिदाको संख्या अझ बढ्न सक्ने सम्भावना छ । यसरी हेर्दा, २०८२ साल नेपालीहरूको लागि उत्सव र विश्रामले भरिएको वर्ष बन्ने देखिन्छ ।

हेर्नुस् २०८२ सालको बिदा सूची :-

वैशाख : वैशाखमा ४ दिन शनिबार छन् । यसका अलावा आजै वैशाख १ गते नयाँ वर्षको बिदा छ भने १८ गते विश्व मजदुर दिवस तथा २९ गते एकै दिन चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्वको बिदा छ ।

जेठ : जेठमा ५ दिन शनिबार । अनि जेठ १५ गते गणतन्त्र दिवस ।

असार : असारमा ४ शनिबार। अन्य बिदा छैन ।

साउन : साउनमा ५ शनिबार। तर २४ गते रक्षाबन्धन तथा जनैपूर्णिमा र ३१ गते ३१ गते श्रीकृष्ण जन्माष्टमी शनिबारकै दिन पनि परेका छन् । २५ गते गाईजात्रा पर्व काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा ।

भदौ : भदौमा ४ शनिबार । भदौ ७ गते बुवाको मुख हेर्ने दिन पनि शनिबार नै परेको छ । १० गते हरितालिका (तीज)। १५ गते गौरा पर्व र भदौ २१ गते इन्द्रजात्रा। ३० गते जितिया पर्व ।

असोज : असोजमा ४ शनिबार । ३ गते संविधान दिवस । असोज ६ गते दसैँको घटस्थापना बिदा। यसपछि असोज १३ फूलपातीदेखि १८ गते (शनिबार) द्वादशीसम्म बिदा ।

कात्तिक : कात्तिकमा ५ शनिबार । कात्तिक ३ देखि ७ गतेसम्म तिहार बिदा । कात्तिक १० गते छठ पर्वको बिदा। कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको बिदा ।

मंसिर :  मंसिरमा ४ शनिबार । मंसिर १७ गते धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि र अन्तर्राष्ट्रिय अपांगता दिवसको बिदा। मंसिर १८ गते ज्यापु दिवसको बिदा ।

पुस : पुसमा ४ शनिबार । पुस १० गते क्रिसमस डेको बिदा। पुस १५ गते तमु ल्होछार र पुस २७ गते पृथ्वी जयन्तीका बिदा ।

माघ : माघमा ४ शनिबार । माघ १ गते माघी पर्व अर्थात् माघे संक्रान्तिको बिदा । माघ ५ गते सोनम ल्होछार, ९ गते सरस्वती पूजा र १६ गते सहिद दिवसका बिदा ।

फागुन : फागुनमा ५ शनिबार । ३ गते महाशिवरात्रिको बिदा । फागुन ६ गते ग्याल्पो ल्होसार र ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस। १८ गते हिमाली र पहाडी जिल्लामा तथा १९ गते तराई-मधेसमा होली पर्वको बिदा। फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) को बिदा ।

चैत : चैतमा ४ शनिबार । ४ गते घोडेजात्राको बिदा (काठमाडौँ उपत्यकामा) । चैत १३ गते रामनवमीको बिदा ।