आधा किलो सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

by cityhalkhabar
2 views

काठमाडौं, ८ असोज – आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् ।

उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।कतारबाटै आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी छन् । उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको छ ।दुवै जनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।