नेता शास्त्रीको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित : तीनदिने शोक घोषणा, पार्टीको झण्डा आधा झुकाइने

by cityhalkhabar
43 views

काठमाडौं,  – नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्वमन्त्री एवं प्रखर समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा सोमबार उनको निधन भएको हो । शास्त्रीको निधनसँगै नेपाली राजनीतिले एक बौद्धिक, अनुभवी र निष्ठावान नेता गुमाएको छ ।

 

बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शास्त्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले शास्त्रीको निधनले पार्टीलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसको संगठन निर्माण, प्रजातन्त्रप्रतिको प्रतिबद्धता र समाजवादी विचारको प्रवर्द्धनमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने जनाएको छ ।

Dhundiraj Shastri (Paudel)

विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहेका शास्त्रीले प्रजातन्त्र पुनर्स्थापनाको संघर्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए । जननायक बी.पी. कोइरालाका अनुयायीसमेत रहेका उनले लामो समय भारतमा निर्वासित जीवनसमेत व्यतित गरे । आफ्नो प्रखर समाजवादी चिन्तन र प्रष्ट वक्ताका रूपमा उनी पार्टीभित्र र बाहिर परिचित थिए ।

वि.सं. १९९३ जेठ २४ गते अर्घाखाँचीको किमहाडाँडामा जन्मिएका शास्त्री वि.सं. २०४८ र २०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पार्टीले शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति उच्च सम्मान प्रकट गरेको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बुधबार पार्टी कार्यालय सानेपामा नेका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको पार्थिव शरीरमा माल्यार्पण गर्नुहुँदै ।

कांग्रेसको सङ्गठन निर्माण र सुदृढीकरणमा पुयाएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिबद्धता, समाजवादी विचारको प्रवर्द्धन तथा पार्टीका विभिन्न महत्त्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उनले निर्वाह गरेको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ ।

आजै पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता शास्त्रीको पार्थिव शरीरमा माल्यार्पण गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

कांग्रेसका महामन्त्री गगनकुमार थापा तथा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा शशाङ्क कोइराला, गोपानमान श्रेष्ठ, डा मीनेन्द्र रिजाललगायत नेताहरूले स्व शास्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

उहाँको सव आज विहान ९ बजे देखि ११ बजे सम्म ने. का. पार्टी कार्यलयमा श्रद्घाञ्जलिका लागि राखिएको भियो । पुर्व मन्त्रि शास्त्रीको आजै पशुपति आर्यघाटमा राजकिय सम्मानका साथ अनन्त्येष्टी गरियो । .नेपाली कांग्रेस तथा अर्घाखाँचीबासीको उल्लेखनिय उपस्थिती रहेको थियो ।

पुर्व मन्त्रि शास्त्रीका दुई श्रीमती, दुई छोरा र तीन छोरी छन् । तीनमध्ये जेठी श्रीमतीको २२ दिन अगाडि निधन भएको थियो ।

तीनदिने शोक घोषणा, पार्टीको झण्डा आधा झुकाइने
ऋमहरू घोषणा गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार, असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाइनेछ ।

त्यस्तै, असार ५ गते बिहीबार देशभरका सबै पार्टी कार्यालय बन्द गरिनेछन् । १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राखिनेछ भने १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गरिने निर्णय भएको छ । बैठकले स्वर्गीय शास्त्रीको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।