पेट्रोलको घट्यो मूल्य, डिजेल, मट्टितेल र हवाई इन्धनको भने बढ्यो

by cityhalkhabar
3 views

काठमाडौं, – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको हो ।

तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । समायोजित मूल्य आजदेखि लागू भएको छ ।

त्यसैगरी, हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर ३ रुपैयाँले मूल्यवृद्धि गरिएको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले मूल्य बढेको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।