पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ विमानस्थल बाहिर भव्य स्वागत

by cityhalkhabar
53 views

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकले भव्य स्वागत गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेपनि ठुलो संख्यामा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न पुगेका थिए ।

उनलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान लगायत विभिन्न राजावादी समूहहरूले विमानस्थलमा उपस्थित हुन आह्वान गरेको थियो।

विमानस्थल परिसरमा केही समय समर्थकहरूको उपस्थिति बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।  पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय देशका विभिन्न जिल्लामा धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका थिए । पुर्व राजा ज्ञानेन्द्रले भने गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका थिए ।