इपिएस मार्फत कोरियामा उत्पादन र कृषि क्षेत्रमा ५ हजार ३०० जनाका लागि आवेदन खुल्यो

by cityhalkhabar
29 views

काठमाडौं, २१ साउन – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार विभाग रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले  १९ गते एक सूचना प्रकासन गरी नेपालीहरूका लागि सन् २०२५ को इपिएस परीक्षा आवेदन यहि साउन २६ गतेदेखि ३१ गतेसम्म खुला हुने जनाएको छ।

शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षामा अनुमानित उत्तीर्ण संख्या पाँच हजार ३०० हुनेछ। जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५०० तथा कृषि पशुपालन क्षेत्रतर्फ एक हजार ८०० हुनेछ।

एक जना व्यक्तिले एउटा क्षेत्रका लागि मात्रै आवेदन दिन पाउने उल्लेख छ। कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या घटबढ हुनसक्ने सूचनामा उल्लेख छ।