एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने

by cityhalkhabar
28 views

ललितपुर, २२ भाद्र नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको सुझाव पेस गरिँदैछ । समूहका नेताले सुझाव प्रतिवेदन प्रस्तुत गरेपछि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिकलगायत प्रस्तावमाथि शनिबार विभिन्न १० समूहमा छलफल भएको थियो ।

अध्यक्ष ओलीको जवाफसँगै समूहगत छलफलबाट आएका सुझावलाई समेटेर राजनीतिकसँगै समसामयिक प्रस्ताव पारित गरेर बैठक समापन गरिने एमालेले बताएको छ ।

महाधिवेशनमा देशभरबाट दुई हजार २६ प्रतिनिधि र आयोजककातर्फबाट तीन सय १५ जना गरी दुई हजार ३४१ जनाको सहभागिता छ ।