जेनजी आन्दोलनको आह्वान- घुसपैठ भयो, सुरक्षित घर फर्कौं

by cityhalkhabar
37 views

काठमाडौं, २३ भदौ – जेनजी आन्दोलनले सबै आन्दोलनकारीहरूलाई फर्कन आह्वान गरेको छ। सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो।

प्रदर्शनको व्यवस्थापनमा सहभागी जेनजी प्रतिनिधि प्रदीप ज्ञवालीका अनुसार जेन डट जेटनेपालमा नामको इन्स्टाग्राम अकाउन्टमा एउटा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई फर्कन भनिएको जानकारी दिए।

‘घुसपैठ भयो। हामीले सबैलाई फर्कन भनिसकेका छौं,’ उनले भने। बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए।

बानेश्वरमा पुगेपछि प्रदर्शन उग्र बनेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। बानेश्वरस्थित संसद भवन परिसरमा पनि प्रदर्शनकारीहरू प्रवेश गरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए।