फागुन २१ को निर्वाचनका लागि निर्वाचन आयोगले प्रकासित गर्यो कार्यतालिका

by cityhalkhabar
3 views

काठमाडौं, २१ असोज, – निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्।
कार्यतालिकाअनुसार
१. मङ्सिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता
२. पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने
३. फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ भने फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुने,
४. निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका सङ्कलनपछि मतगणना सुरु गरिने,
५. समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र
६. पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ।