नवनियुक्त दुई मन्त्री डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले लिए शपथ, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

by cityhalkhabar
28 views

काठमाडौं, ९  कात्तिक- नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ताले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

यसअघि, मन्त्री नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरिएको थियो । तर, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिममा आएर रोकिएकोथियो । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई भूमि सुधारमा सिफारिस गरिएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठलाई भूमि मन्त्रीमा सिफारिस गरेकी थिइन्। त्यसअघि उनको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा थियो। श्रेष्ठले भूमि मन्त्री नबन्ने बताएका थिए।

साथै खगेन्द्र सुनार श्रम मन्त्रीमा सिफारिस भएका थिए। उनीविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिर आएपछि शपथ रोकिएको थियो। कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ।