2
काठमाडौँ, २४ कार्तिक – नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ७ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६२८ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित खबर
