काठमाण्डौ – नेपालमा लोकतन्त्र, मानव अधिकार, वाक स्वतन्त्रता लगायतका लोकतान्त्रिक मुल्य मान्यताका सुरुवाती आन्दोलन गर्ने पार्टी नै नेपाली काङ्ग्रेस हो । २००७ सालको आन्दोलनमा काठमाण्डौ उपत्यकामा राणाहरूको हुकुमी शासन यति व्याप्त थियो कि कोहि मानिसहरू उनीहरुको अगाडी आँखा जुधाएर वा अनुहार हेरेर कुराकानी गर्नसम्म हिम्मत राख्थेनन ।
तत्कालिन बेलामा मैतिदेवीको खोला पारि राणा विरोधीलाई लखेटिन्थ्यो । त्यस बेलामा पनि बौदिक जमातहरु ज्ञानेश्वर, नक्साल लगायतका स्थानमा लोकतन्त्रका विचार मन्थन गर्थे त्यो बिचार मित्रपार्क, गौशाला, चावहिल हुदै काठमाण्डौ उपत्यकाका काठ क्षेत्रसम्म विस्तारै प्रचार हुदै जान्थ्यो ।
तत्कालिन समयमा हालको काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली काङ्ग्रेस समर्थकहरुको वाहुव्य नै थियो । आज पनि लोकतन्त्र पक्षधर धेरै नेपाली काङ्ग्रेसका अग्रज नेता र कार्यकर्ता वसोवास रहेको स्थान हो, काठमाण्डौ क्षेत्र नं. ४ । नरोतम वैद्य, राजु श्रेष्ठ, विनोद बाबु प्रधान, सानु श्रेष्ठ, बद्रि भट्टराई, मनोज वैध जस्ता अग्रज नेताहरूले भरिभराउ यो क्षेत्रमा उनीहरु प्रतिको आस्थाका कारण धेरै जनता नेपाली काङ्ग्रेसमा आस्था राख्छन् ।
यी सबै नेताले सधै लोकतन्त्र र परिवर्तनका लागि आफ्नो जीवन समर्पण गरे । जेल नेल सहनु, घर परिवारका कलिला छोरा छोरी छोडेर राणा शासन विरुद्ध, पञ्चायत विरुद्ध अनवरत संघर्षशिल रहनु उनीहरुको एक मात्र द्येय थियो उन्नत लोकतन्त्र । यी र यी जस्तै सादगी नेताहरुको कारण देशले आज संघियता देखि स्थानीय तहसम्म आफ्ना प्रतिनिधि छान्न पाएका छन् र उनीहरुले गरेका हरेक राम्रा नराम्रा कामका वारेमा वोल्न पाएका छन् ।
देशले धेरै पटक परिवर्तन पायो, प्रजातन्त्र, जनमत संग्रह देखि आजको यो गणतन्त्रसम्म । तर आज नयां जैन जी आन्दोलन पछि आफूलाई स्थापित गरेका नेता गगन थापाले वितरण गरेको टिकटमा कुन कुन क्षेत्रले न्याय पायो त भन्ने विषय चिन्ताजनक भएको काङ्गग्रेस बृतमा वहस हुन थालेको छ ।
धेरै संघर्ष गरेका र आफ्नो उर्जाशिल जीवन नेपाली काङ्ग्रेसमा लागेकालाई पाखा लगाउँदै भदौं २३ र २४ गतेको उपद्र वा अपराधबाट हो वा डराएर हो पाँचथर जिल्लामा जन्मिएका सचिन तिमल्सेनालाई काठमाडौं क्षेत्र नं. ४ मा टिकट दिएका छन् ।
सभापति थापाले काठमाण्डौ क्षेत्र नं. ४ मा टिकट न विचार, न संगठन, न स्थानीयसँग घुलमिल केहि कतै कुनै ठाँउमा नदेखिने र छर छिमेकीले समेत नचिनेका सचिन तिमल्सेनालाई टिकट दिदै गर्दा आफैलाई तिन तिन पटक जिताएका स्थानीय जनताप्रति घोर अपमान गरेका छन् । धेरै अग्रज काग्रेसहरु माथि र यो क्षेत्रका मतदाताको भावना माथि पाँचथर जिल्लामा जन्मिएका सचिनलाई उमेद्वारी तोक्नु यहाँका स्थानीयसँग थापाले गरेको खेलवाड हो, अन्याय हो ।
हिजो राणा शासन देखि चल्दै आएको र पञ्चायत हुदै आएको ड्राईभर र भान्सेलाई सबै थोक दिने र कर्मठ संघर्षशिल कार्यकर्ता प्रति अन्याय गर्ने प्रवृति पाँचथरमा जन्मिएका सचिनलाई काठमाण्डौ क्षेत्र नम्बर ४ मा टिकट दिनुले प्रमाणित भएको लोकतान्त्रिक आन्दोलनमा आहुति दिने अग्रज नेता तथा कार्यकर्ताहरुको बुझाई छ ।
यी र यस्ता कदमले काङ्ग्रेस माथि पुनः स्वेच्छाचारी प्रवृति हावी भएको र पाँचथरका जन्मिएका सचिनलाई थापाले टिकट दिदा पनि सच्चा र अनवरत सङघर्ष शिल काङ्गग्रेसहरु टुलुटुलु हेरेर बस्नुपर्ने वाध्यता आईलागेको छ काठमाण्डौ क्षेत्र नं. ४ मा ।
