प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता

by cityhalkhabar
20 views

बैङ्कक, २२ चैत्र  – प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ। बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) अन्तर्गत बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि आयोजित छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि दुई नेताबीच भेटवार्ता भएको हो।

यसअघि बिहीबार साँझ उनीहरू थाइल्याण्ड सरकारद्वारा आयोजित रात्रिभोजमा पनि सँगै देखिएका थिए। प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच यसअघि अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभाका क्रममा साइडलाइनमा छोटो भेटघाट भएको थियो। यद्यपि, योजनाबद्ध औपचारिक द्विपक्षीय वार्ता भने हुन सकेको छैन।

प्रधानमन्त्री कार्यालयका अनुसार दुबै नेताबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको जनाएको छ।