खर्बपति कांग्रेसका विनोद चौधरीलाई हराएर रास्वपाका विक्रम खनाल विजयी

by cityhalkhabar
10 views

नवलपरासी, २४ फाल्गुन – प्रतिनिधि सभा निर्वाचन २०८२ मा नवलपरासी पश्चिममा रास्वपा उम्मेदवार विक्रम खनाल विजयी भएका छन्। उनले कांग्रेसका विनोदकुमार चौधरीलाई ठूलो मतान्तरले पछि पारेर जित निकालेका हुन्।

खनालले ४५ हजार २४१ मत प्राप्त गरेका छन्। चौधरीले भने ९ हजार ५०२ मत मात्रै ल्याउन सके। त्यस्तै एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत ल्याएका छन्। जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरेका छन्।