सिटी वालेटमा गाभियो छिटो पैसा

by cityhalkhabar
2 views

काठमाडौं, २० चैत – सिटी वालेट प्रालिले छिटो पैसा प्रालिलाई गाभेको छ । छिटो पैसा गभिए पछि ‘सिटी वालेट प्रा. लि.’ को नामबाट कारोबार सुरु भएको छ।

केन्द्रीय बैंकबाट अनुमति लिएका दुबै संस्थालाई मर्जरको अन्तिम स्वीकृति पनि दिएको थियो । केन्द्रीय बैंकको अन्तिम स्वीकृति पछि छिटो पैसालाई सिटी वालेटले गाभेको हो ।

दुवै संस्थाबाट सञ्चालन हुँदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार आगामी बैशाख ३ गते बिहीबारदेखि एकीकृत रुपमा ‘सिटी वालेट प्रा. लि.’ को नामबाट सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ । सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा. लि. एक आपसमा गाभिई साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व सिटी वालेटमा सर्ने बैंकले जनाएको छ ।