1
काठमाडौँ, ६ वैशाख – डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काएको छ । वीरगंजका पाँच ठाउँमा ४ः३० बजेबाट भत्काउन सुरु गरेको हो । वीरगंजको गण्डक चोक, पावरहाउस, मुर्ली, घण्टाघर र मकालु होटल चोक गरी ५ ठाउँबाट एकै साथ १० वटा डोजर लगाई सडक फराकिलो गर्ने काम सुरु गरिएको हो ।
अदालतको फैसलापछि पनि सडक अतिक्रमित घरटहरा भत्काउन रोकिएको अवस्थामा सडक डिभिजनले वीरगंज महानगर, सशस्त्र, प्रहरीको मदतमा घर टहरा भत्काएको हो । घर टहरा भत्काउन २ हजार २ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।
सम्बन्धित खबर
