सल्यानमा जन्ती बोकेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

by cityhalkhabar
0 views
काठमाडौं, ६ वैशाख – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् । मृत्यु हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिए । गाडी कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटना भएको थियो । उद्धारमा खटिएका वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए । तीमध्ये १४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरे सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको थियो । ८ जनाको नर्सिङ होममा, दुई जनाको न्युरो अस्पतालमा र अन्यलाई उपचारका लागि बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरु : १. बनगाड कुपिण्डे–८ का वर्ष ६४ का अम्मरसिंह कँवर (गम्भीर) २. ऐ.ऐ. बस्ने वर्ष २७ को डम्मर घर्ती (गम्भीर) ३. ऐ.ऐ. बस्ने वर्ष ३० का जनक थापा (गम्भीर) ४. ऐ.ऐ. बस्ने वर्ष ४९ को भुपेन्द्र कँवर (गम्भीर) ५. ऐ.ऐ. बस्ने वर्ष ३० का भुलबहादुर थापा (गम्भीर) ६. ऐ.ऐ. बस्ने वर्ष ५६ का जुगसिहं पुन (गम्भीर) ७. ऐ.ऐ. बस्ने वर्ष ३८ का अम्मर पुन (मध्यम) ८. ऐ.ऐ. बस्ने वर्ष २८ का नरसिङ थापा (मध्यम) ९. ऐ.ऐ. बस्ने वर्ष २५ का प्रेमबहादुर घर्ती (मध्यम) १०. ऐ.ऐ. बस्ने वर्ष २५ का नरबहादुर थापा (मध्यम) ११. ऐ.ऐ. बस्ने वर्ष ३८ का कर्ण बहादुर थापा (मध्यम) १२. ऐ.ऐ. बस्ने वर्ष ४५ का लाल ब. घर्ती (मध्यम) १३. ऐ.ऐ. बस्ने वर्ष १५ का तिलक थापा (मध्यम) १४. ऐ.ऐ. बस्ने चालक वर्ष ३८ का कुलबहादुर राना (गम्भीर) स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान