५ महिनापछि स्वदेश फर्किए नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

by cityhalkhabar
0 views

काठमाडौं -नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गर्न कांग्रेस नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । देउवा पाँच महिनापछि नेपाल फर्कंदै छन्  ।

देउवाको स्वागतको लागि उनीपक्षीय नेता, कार्यकताहरू विमानस्थल पुगेका हुन् । संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा नेताहरूले देउवालाई स्वागत गर्नेछन् ।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशशरण महत, एनपी साउद, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, मोहनबहादुर बस्नेत, उमाकान्त चौधरी, अम्विका बस्नेत जितजङ बस्नेत लगायत नेता विमानस्थल पुगिसकेका छन् ।

देउवाको स्वागतमा आउने कार्यकर्ताहरूलाई भेला हुन तीन स्थान तोकिएको छ । त्रिभुवन विमानस्थल प्रवेश गर्ने गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा समर्थकहरूलाई भेला हुन भनिएको छ ।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । इतर पक्षले देउवालाई स्वागत गर्न विमानस्थल आउन कार्यकर्ताहरूलाई आह्वान गरेको थियो । नेता मिन विश्वकर्माले ७/८ हजारको संख्यामा नेता कार्यकर्ता उपस्थित भएको जानकारी दिए ।