शस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझीया सप्तरीको २४ औं स्थापना दिवस सम्पन्न

by cityhalkhabar
1 views

सप्तरी, १० असोज – सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझीया सप्तरीको २४ औं स्थापना दिवस सम्पन्न भएको छ । तत्कालिन दन्तकाली गणको स्थापना दिवस २०५९ असोज १० को अवसरमा स्थापना दिवस आयोजना गरिदै आएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कञ्चनरुप नगरपालिका प्रमुख, सप्तकोशी नगरपालिका प्रमुख, सप्तकोशी नगरपालिका प्रमुख, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका सदस्यहरु, स्थानीय जनप्रतिनिधि, भुतपूर्व सशस्त्र प्रहरी कर्मचारी र अमर सशस्त्र प्रहरीका परिवारजन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले सुरक्षा निकाय र स्थानीय तहको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनु भयो । कार्यक्रममा मन्तव्य रा ख्नुहुदै कञ्चनरुप नगरपालिका प्रमुख ललन प्रसाद गुप्ताले यस शिक्षालय लगायत सुरक्षा निकायसंग निरन्तर सहकार्य गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता गर्नु भयो ।

कार्यक्रममा स्थापना दिवसको अवसरमा संचालन गरिएका खेलकुदका विभिन्न विधाहरुमा उत्कृष्ट हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो साथै अमर सशस्त्र प्रहरी कर्मचारीहरुको परिवारजनलाई दोसल्ला ओढाई नगद सहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्नु हुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णु प्रसाद भट्टज्यूले शिक्षालयले विशेष प्रकृतिको तालिम संचालन गरी उत्पादन गर्दै आएकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कार्यक्रममा दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश कुमार सुबेदीले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।