काठमाडौं, ९ जेठ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि चीन भ्रमणमा निस्कँदै छिन् । शुक्रबार राति बेइजिङतर्फ उड्ने पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल हुनेछन् ।
एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट भ्रमण टोलीमा छन् ।
एक सातासम्म बेइजिङ, दुङखुवाङ र ग्वान्सुमा हुने कार्यक्रमहरूमा भण्डारी नेतृत्वको टोली सहभागी हुनेछ । भ्रमण टोलीमा रहेका एक सदस्यका अनुसार, पूर्वराष्ट्रपति भण्डारी मुख्य वक्ता रहनेगरी त्यहाँ केही कार्यक्रम तय गरिएको छ ।
बेइजिङमा सोमबार, (१२ जेठमा) सीपीसी विदेश विभाग र चिनियाँ विदेश मन्त्रालयले गर्ने एउटा कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी मुख्य वक्ता हुुने छिन् । जहाँ छिमेकी देशहरूका नेताहरू बोलाइएको छ । पूर्वराष्ट्रपति भण्डारीको सम्बोधनको विषय पनि ‘छिमेकी देशका राजनीतिक पार्टीहरूबीचको सम्बन्ध’ हुनेछ ।