दुई सहसचिवको बढुवा, यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (सूचीसहित)

by cityhalkhabar
2 views

काठमाडौं, २९ जेठ  – सरकारले स्वास्थ्य सेवाका दुई सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले २०८२ असार १० गतेदेखि १२ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैठकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृत दिएको छ ।

२०८२ असार २ गतेदेखि ६ गतेसम्म तिब्बतको ल्हालामा आयोजना हुने नेपाल–चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३औं बैठकको छलफलको एजेण्डा स्वीकृत गर्ने र सो बैठकमा सहभागी हुन उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता गुरूङले जानकारी दिए । त्यस्तै,निर्माण व्यवसायीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

हेर्नुस् मन्त्रिपरिषद् बैठकका निर्णय :- निर्णय