काठमाडौं, – रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहयोगी २३ वर्षीया कोइली शाह मृत भेटिएको घटनाको गहिरो अनुसन्धान गर्न परिवारले माग गरेको छ । शाहको परिवारले प्रेस चौतारी रूकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहितका व्यक्तिविरुद्ध उजुरी नै दिएर अनुसन्धान गर्न माग गरेको हो ।
असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत फेला परेकी कोइलीको मृत्युलाई रहस्यमय मान्दै परिवारले आइतबार निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवले मकालुखबरलाई जानकारी दिए । उनले बाहिर किटानी जाहेरी दिएको भनेर आएपनि निवेदन मात्रै आएकोबताए । ‘निवेदन परेको मात्रै हो, किटानी जाहेरी परेको होइन,’ डिएसपी यादवले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ ।’
मृतक शाह र पत्रकार खत्रीबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । परिवारले सोही सम्बन्धमा आएको खटपट र मानसिक तनावका कारण कोइलीले आत्महत्याको बाटो रोज्न बाध्य भएको आरोप लगाएको छ । प्रहरीमा उजुरी परेपछि २७ वर्षीय खत्री मोबाइल बन्द गरी सम्पर्कविहीन बनेका छन् । उनीलगायतको भइरहेको छ ।
शाहीका परिवाले शव बुझेर शाहीको अन्तिम संस्कार गरिसकेका छन् । तर पोष्टमार्टम रिपोर्ट भने आएको छैन । घटनाको अनुसन्धानका लागि मृतकको मोबाइल र सामाजिक सञ्जाल महत्वपूर्ण प्रमाण बन्न सक्ने देखिएको डिएसपी यादवले बताए । ‘हामीले मृतकको मोबाइलको प्राविधिक विश्लेषण र संलग्न हुनसक्ने व्यक्तिहरूको कल डिटेल रेकर्ड (सीडीआर) निकाल्न जिल्ला अदालतबाट अनुमति लिने प्रक्रिया अगाडि बढाएका छौं’ उनले भने ।