उपत्यकामा निषेधाज्ञा र कर्फ्यु कायमै, बिहान ६–१० अत्यावश्यक काममा निस्कन पाइने

by cityhalkhabar
3 views

काठमाडौं, २५ भदौ – नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा कायमै राखेको छ । भदौ २६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । त्यसैगरी भदौ २६ गते बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु कायमै रहेको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

अत्यावश्यक कार्यका लागि २६ गते बिहान ६ बजेदेखि बिहान १० बजेसम्म र बेलुका  ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दुध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ ।

विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायतका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् ।