सुन तोलामा आठ हजार एक सयले वृद्धि, छापावाला सुन २४८,५०० प्रतितोला

by cityhalkhabar
0 views

काठमाडौँ, २८ असोज  – नेपाली बजारमा मंगलबार छापावाला सुनको प्रतितोला भाउ दुई लाख ४८ हजार पाँच सय पुगेको छ ।  यसअघि सोमाबार सुनको भाउ प्रतितोला दुई लाख ४० हजार चार सय रुपैयाँ थियो ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा आठ हजार एक सय रुपैयाँ वृद्धि भएको हो ।  यता, असली चाँदी मंगलबार प्रतितोला तीन हजार दुई २० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार प्रतितोला तीन हजार एक सय २५ रुपैयाँ रहेकामा मंगलबार तोलामा ९५ रुपैयाँ बढेको हो । मंगलबार कायम भएका सुन र चाँदी दुवैको मूल्य इतिहासकै सबैभन्दा धेरै हो ।