देशलाई संवैधानिक बाटो फर्काउने आधार निर्वाचन हो : सभापति देउवा

by cityhalkhabar
2 views

काठमाडौं, २८ असोज –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई संवैधानिक ट्र्याकमा फर्काउनका लागि स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेकोमा जोड दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक भेटघाटमा देउवाले निर्वाचनमार्फत मात्रै देशले सही दिशा लिन सक्ने दृढ विश्वास व्यक्त गरे ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मुलुकमा संकट आएको अवस्थामा कांग्रेसले नेतृत्व गरेको उल्लेख गर्दै अहिले पनि सबै पार्टीहरूलाई एकमत बनाएर लैजाने पहल गर्नुपर्ने बताएका छन् ।

सभापति देउवाले सरकारले निर्वाचनका लागि आवश्यक शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नुपर्नेमा विशेष जोड दिए । उनले भने, ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ ।’

हाल सुरक्षा निकायको मनोबल गिरेको भन्दै देउवाले चिन्ता व्यक्त गरे । उनले सुरक्षा अवस्था सामान्य बनाउन र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारको भूमिका महत्त्वपूर्ण हुने औंल्याए ।

देउवाका अनुसार, ‘सुरक्षा निकाय मनोबल गिरेर निरिह भएका छन्। तसर्थ निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वत:स्फूर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण होस् भन्ने कुराको सुनिश्चितता गराउने जिम्मा सरकारको हो ।’

केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण  नबनाएको उल्लेख गरेका छन् ।

‘संविधानसभाबाट नेपाली जनताले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको छ । जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको छ,’ उनले भनका छन् ।

सरकारले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ । तथापि, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको उनले उल्लेख गरेका छन् । निर्वाचनको पूर्व शर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी छैन । सुरक्षा निकाय मनोबल गिरेर निरीह भएको देउवाको भनाइ छ ।

‘तसर्थ निर्वाचनका लागि शान्ति सुरक्ष्याको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ र सबैले स्वत: स्फुर्त निर्वाचनमा भाग लिने अवस्था निर्माण हुन्छ भन्ने कुराको सुनिश्चतता गराउने जिम्मा सरकारको हो । यस तर्फ सरकारको ध्यान जाओस्,’ उनले भनेका छन् ।

सरकारले निर्वाचनका लागि वातावरण बनाउन बनाउन सकेमा देशलाई पुन: संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने विश्वास रहेको देउवाले बताए । बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सरकारले सार्थक संवादको वातावरण  नबनाएको उनले उल्लेख गरेका छन् ।