1
काठमाडौं- निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको छ ।आज निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् ।
सो पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी छन् । उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ रहेका छन् ।
गत असोज १२ गते आइतबार साम्पाङ आफैं निर्वाचन आयोग उपस्थित भएर दल दर्ताको निवेदन दिएका थिए । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ ।

सम्बन्धित खबर
