काठमाडौं, २१ कात्तिक – नेपालको राजधानी काठमाण्डौमा बिभिन्न जिल्लाहरुबाट होटल, लज, रेष्टुरेण्ट, पार्टी प्यालेस, लगायतका उद्यम÷व्यवसाय गरिरहनु भएका व्यवसायीहरुको हक हितमा काम गरिरहेको नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ केन्द्रीय कार्यालय काठमाडौंले आफ्नो विज्ञप्तीमा भनेको छ ।
भदौ २३ र २४ मा भएको जेन–जी (सन् १९९७ देखि सन् २०१२ सम्म जन्मेको पुस्ता) द्वारा नेतृत्व गरिएको आन्दोलनले नेपाली राजनीतिको आधार नै हल्लाइदियो । लामो समयदेखि देखिँदै आएको बेरोजगारी, असमान अवसर, गहिरिँदो भ्रष्टाचार, दलगत स्वार्थ र निष्क्रिय नेतृत्वप्रति सञ्चित आक्रोश यस आन्दोलनमार्फत तीव्र रूपमा विस्फोटित भयो । युवाहरूले सडक र डिजिटल अभियानमार्फत पनि आफ्नो असन्तुष्टि प्रकट गरे ।
आन्दोलनका क्रममा प्रशासनिक भवनहरूमा आगजनी, राजनीतिक दलका कार्यालयहरूमा तोडफोड र वरिष्ठ नेताहरूका निवासमाथि आक्रमण जस्ता घटना भए । यसरी सामान्य विरोधको सीमाभन्दा पर गएर आन्दोलनले पुरानो राजनीतिक संरचना र शासकीय संस्कृतिप्रति धावा बोल्यो । पुस्ता–पुस्तादेखि जरा गाडिएको अपारदर्शी, भ्रष्ट र गैरजवाफदेही राजनीतिक व्यवस्थालाई अब नागरिक, विशेषतः युवाहरूले स्विकार्न नसक्ने सन्देश यस आन्दोलनले दिएको छ ।
यस आन्दोलन नयाँ पुस्ताको असन्तुष्टि र आकांक्षाको स्पष्ट उद्घोष थियो । युवाहरूले सडकमा देखाएको आक्रोशले शिक्षा, रोजगारी, पारदर्शिता र समावेशी शासन प्रणालीप्रतिको तीव्र मागलाई राजनीतिक वृत्तमा सशक्त रूपमा उजागर ग¥यो ।
आन्दोलनको प्रारम्भिक भावनालाई केही असामाजिक तथा उद्दण्ड समूहहरूले दुरुपयोग गर्ने प्रयास गरे । प्रशासनिक भवनहरूमा तोडफोड, सार्वजनिक सम्पत्तिमा आगजनी र व्यक्तिगत स्वार्थमा आधारित विनाशकारी गतिविधिमार्फत आन्दोलनको मूल स्वरूपलाई कमजोर बनाउने प्रयत्न भए । यस्ता अवाञ्छित घुसपैठका कारण राष्ट्रले धनजनको क्षति बेहोर्नुपर्यो ।
नेपालको इतिहासमा लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक परिवर्तन, पार्टीको वर्तमान अवस्थामा अत्यन्त कमजोर देखिएको तथा यसको सुधारको आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै नेपाली काँग्रेसलाई पुनर्गगित गरी चुनावमा जानुपर्ने, यसो हुन सके जेनजी आन्दोलनको भावना सम्बोधन हुने र कांग्रेसलाई जनताले पनि विश्वास गर्ने उनको संघको धारणा छ ।
कांग्रेस भन्दावित्तिकै धेरैको दिमागमा सत्ता, शक्ति मात्र स्मरणमा आउने भन्दै त्योसँगै कांग्रेसले गरेका सुधारबारे बताउनुपर्ने र कांग्रेससँग भएका गुनासा पनि सम्बोधन गर्नुपर्ने आवश्यक रहेको, पार्टीप्रति इमान्दारिता, त्याग, बलिदान गर्नुहुने सबैलाई जोडनुको लागि अहिलेको समय सबै नेपाली काँग्रेसकै प्रयासमा नयाँ नेतृतव र नयाँ सोचसहित पार्टीलाई निर्वाचनमा जानुको विकल्प नभएको कुरा विज्ञप्तीमा भनिएको छ ।
