भीम रावल र प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा

by cityhalkhabar
2 views

काठमाडौं, २६ कात्तिक – नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा भएको हो ।

रावलले आजै सात बुँदे सहमति गरेका थिए । सहमति पत्रमा  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका प्रस्ताव भीम रावलको हस्ताक्षर छ । हस्ताक्षर लगत्तै सभा गृहमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको हो ।