काठमाडौं, २ मंसिर – अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई एफ-३५ लडाकु विमान बेच्ने घोषणा गरेका छन् । यो घोषणा ट्रम्पले साउदी अरबयाका युवराज मोहम्मद बिन सलमानसँग भेट्नुभन्दा ठीक एक दिन अगाडि गरेका हुन् ।

पत्रकारहरूले ह्वाइट हाउसको ओभल अफिस(कार्यालय)मा सोधेको प्रश्नमा ट्रम्पले स्पष्ट भने , “हो, हामी एफ-३५ बेच्दैछौं।” उनले साउदी अरेबलाई अमेरिकाको ‘महान मित्र’ को रूपमा प्रशंसा गरे र साउदीले ती विमान किन्न चाहेको बताए ।
युवराज मोहम्मद बिन सलमानको यो अमेरिका भ्रमणको मुख्य लक्ष्य साउदी अरबयासँग ठूला व्यापारिक र राष्ट्रिय सुरक्षा सम्झौताहरू लाई पक्का गर्नु हो। राष्ट्रपति ट्रम्प र उनका ज्वाइँ जारेड कुश्नरले साउदी नेताहरूसँग नजिकको सम्बन्ध बनाएका छन्। उनीहरूले अस्थिर मध्यपूर्वमा साउदीलाई सुरक्षा र व्यापार दुवैका लागि एक महत्त्वपूर्ण साझेदार मान्छन्।
युवराज सलमानको ह्वाइट हाउस भ्रमणमा ट्रम्पसँग भेटघाट र दिवाभोज हुनेछ। सिबिएसन्यूजका अनुसार व्हाइट हाउसले मङ्गलबार साँझ औपचारिक राज्य रात्रीभोज भन्दा कम भए पनि एक विशेष कालो कठालो फित्ता रात्री भोजन (ब्ल्याक-टाई डिनर)आयोजना गर्दैछ।
